खनियाबाँसको गठबन्धन बिच तालमेल बारे युवा संघ धादिङका अध्यक्षको यस्तो धारणा

धादिङ । खनियाबास गाउँ पालिकाको सन्दर्भमा नेकपा एकीकृत समाजबादीका अध्यक्ष एबं युवा संघ धादिङका अध्यक्ष प्रदीप फ्यूबाले सामाजिक संजाल मार्फत आफ्नो धारणा व्यक्त गर्नु भएको छ । गठबन्धन बिच चुनावी तालमेल नमिल्दा तामाङले हालको राजनैतिक अवस्थालाई नियाल्दै आफ्नो धारणा व्यक्त गर्नु भयो हो ।

दुई बिपरित ध्रुवका पार्टीहरु नेपाली कांग्रेस (दक्षिणपंथी पार्टी) भने नेकपा (एस) र माओबादी केन्द्र ( बामपंथी पार्टी) हरु हाम्रो मार्ग, सिद्धांत, उदेश्य फरक छ यद्यपि एउटै सवाल संबिधानको रक्षा गर्ने, लोकतांत्रिक गणतंत्रको मर्मलाई जीवन्त राख्ने, प्रतिगमणलाई परास्त गरी अग्रगमणको बाटो तय गर्ने विषयमा हामी गठबन्धन गर्न खोजीरहेका छौ।

पहिलो सर्त यि माथीका उपलब्धिहरूलाई बचाऊनु हो किनभने यि उपलब्धि तत्कालीन राजा बाहेकका दलहरुको संघर्ष र सहिदहरुको जीवनदान बाट प्राप्त भएका हौ त्यसैले यि उपलब्धिलाई बचाऊनुमा सबै दल इमानदार पूर्वक जिम्मेवारी हूनु आवस्यक छ र यो बेला पनी हो ।

त्यस्तै दोश्रो सवाल प्रतिगामी ‘राजा र केपी ओली’
लाई परास्त गरी फेरी हामी माथी भने बमोजिम
नेपाली कांग्रेस ( दक्षिणपंथी ) एउटा बाटो,
र नेकपा (एस) र माओबादी केंद्र ( बामपंथी ) अर्को बाटो
यि २ मध्ये कुन बाटो बाट हाम्रो समाज डोर्याउने भन्ने विषयमा स्वस्थ राजनीतिक प्रतिस्पर्धा हुनेछ ।

सके सम्म प्रतिगमनलाई परास्त गर्नुलाई राजनीतिमा फरक धुर्बी भए पनी सहकार्य गरुम भन्ने हो, तर सहकार्यको नाममा नेपाली कांग्रेसले ‘खाय खा नखाइ घिच’ भने जस्तो गर्छन भने खनियाबासी बामपंथीहरु आफैमा स्पस्ट छौ, व्यवस्था बचाउने एउटै मुद्दामा मात्र हाम्रो मत मिल्छ, आखिर हाम्रो बाटो विचार उदेश्य फरक रहेको छ ।

त्यसैले गठबन्धनको अर्थ भनेको समझदारी मिल्नु हो, गठबन्धनको नाममा हामिलाइ बन्धक नबनाउनूहोस ।
हामिले हाम्रो खनियाबासीको भावना बमोजिम एजेण्डा तय गर्नु छ त्यसैले हामी जिल्ला कार्यदलका प्रतिनिधिहरुलाई न्यायोचित ढंगले चाडो भंदा चाडो निष्कर्ष, निचोड निकाल्नु हुन हार्दिक आग्रह गर्दछु ।

  • प्रदीप फ्यूबा (प्रत्यासी उम्मेद्वार २०७४)
    खनियाबास गाऊँपालिका, धादिङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here