रुबीभ्याली ५ मा संचालित भलिबल प्रतियोगिताको दोस्रो दिन, आज दुई टिम नकाउत

धादिङ । रुबिभ्याली गाउपालिका वडा न ५ स्थित कपुरगाउँमा नयाँ बर्षको पावन अवसरमा वडा स्तरीय मैन्त्रीपुर्ण खुल्ला भलिबल प्रतियोगिता संचालन भैरहेको छ । कपुर गाउँ युवा एकता समाजको आयोजनामा चैत २८ गते देखि सुरु भएको खेल बैशाख १ गते समापन हुने आयोजक टिमले बताएको छ ।

जम्मा १० टिम भएको उक्त प्रतियोगितामा खेल उद्घाटनको दिन २ खेल भएको र आज ५ खेल भएकोमा रुबिभ्याली ६ कुप्चेतको “कुप्चेत युवा एकता समाज”को टिम र तिरको “तिर युवा क्लब” टिम खेल बाट बाहिरिएको छ । बाकी ८ टिम बिच भोलि हुने र बिहिवार फाईनल खेल हुने छ ।

सोमबार देखि सुरु भएको उक्त खेलको उद्घाटन समाजसेवी, नागारिक हिरो-२०७५, अन्तराष्ट्रिय धादिङ समाजको बरिष्ठ उपाध्यक्ष एबं नेपाल तामाङ घेदुङको संघीय सदस्य दिनेश तामाङ द्वारा गरिएको थियो । साथै उक्त खेलको समापन जिल्ला खेलकुद बिकास समिती धादिङका अध्यक्ष प्रताप सिंह तामाङको प्रमुख आतिथ्यमा हुने आयोजक टिमले बताएको छ ।

खेलको प्रथम बिजेताले रु २०००० नगद पुरस्कार मेडल तथा ट्रफी, दोश्रो हुनेलाई १५००० एबं तेस्रो हुनेलाई १०००० नगद पुरस्कार, मेडल ट्रफी, प्रमाणपत्र लगायतको पुरस्कार प्रदान गरिने आयोजक ‘कपुर गाउँ युवा एकता समाज’ले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here