स्व. पोष्टवहादुर बोगटीको छोरी प्रभा बोगटी पत्रकारिता छोडेर मेयरमा उम्मेदवारी

नुवाकोट । नेकपा माओवादी केन्द्र विदुर नगरपालिकाको मेयरमा प्रभा बोगटीको नाम सर्वसहमत रुपमा सिफारिस गरेको छ ।

माओवादी केन्द्र बिदुर नगर समितिको सोमवार बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा बोगटीलाई सर्वसहमत रुपमा सिफारिस गरेको नेकपा माओवादी केन्द्र बिदुर नगर कमिटीले बताएको छ ।
जिल्लामा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादीले निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेका छन् । विदुर नगरपालिकामा नेपाली कांग्रेसले मेयर लिएर माओवादी केन्द्रलाई उपमेयर दिने चर्चा चलेपनि माओवादी केन्द्र भने मेयरमा बोगटीलाई सिफारिस गरेको छ । माओवादी केन्द्रको निर्णयलाई निकै चासोका साथ हेरिएको छ । माओवादी केन्द्र विदुर नगर कमिटिको सिफारिसमा परेकी बोगटी सालिन नेता पोष्टवहादुर बोगटीको छोरी हुन् ।

उनलाई पुर्व पत्रकारका साथै बौद्धिक क्षमता भएको नेताको रुपमा समेत लिन सकिन्छ । उनले आफ्ना पिताको विरासत जोगाउने समेत कतिपय चर्चा कायम गर्न थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here