बुढिगण्डकी प्रभावितलाई प्रदान गरिने मुआब्जाको मुल्य पूर्नविचार गर्न सांसद सिम्खडाको माग

धादिङ । बागमती प्रदेश सभा सदस्य जगत बहादुर सिम्खडा द्वारा बुढिगण्डकी प्रभावितहरुलाई प्रदान गरिने मुआब्जाको मुल्यमा पुर्नविचार गर्नुपर्ने माग गर्नुभएको छ ।
अघिल्लो चरणको मुआब्जामा पनि प्रभावित समुदायलाई अत्यन्तै न्यून मुल्य दिएर आहात बनाएकाले फेरी घरगोठ, फलफूल, बोटविरुवाको मुआब्जा मुल्य पनि अत्यन्तै न्यून भएकाले मुआब्जा मुल्यमा पूर्नविचार गर्नुपर्ने सिम्खडाले बताउनुभएको छ ।
सिम्खडाका स्वकिय सचिव प्रेम तामाङले जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद कोरइराला मार्फत उर्जा मन्त्रालय, गृह मन्त्रालय सिंहदरबार र बुढिगण्डकी जलविद्युत आयोजना मुआब्जा वितरण पुर्नवास तथा पुर्नस्थापना एकाई सिउरिनीटार गोरखालाई आज एक ध्यानकर्षण पत्र बुझाउँदै उहाँले यस्तो माग गर्नुभएको हो ।

यस्तै परियोजना प्रतिवेदन (डि.पि.आर) मा प्रभावितलाइृ पूर्नवासको व्यस्था गर्ने भनिएता पनि हालसम्म सरकारले सो विषयमा कुनै तदारुकता नदेखाएको साथे घरगोठको मुआब्जा लिनको निम्ति भर्नुपर्ने फारममा पनि सरकारले चाहेको अवस्थामा जुनसुकै बखत छाड्नुपर्ने भन्ने प्रावधान निकै आपत्तीजनक छ पत्रमा भनिएको छ ।