काङ्ग्रेस खनियाबास-१ बाट वडा अध्यक्षमा ४ जनाको नाम  सिफारिस ।

धादिङ ,चैत्र २५।  धादिङको उत्तरी क्षेत्र खनियाबास गा/पा  गाउँपालिका १ को अध्यक्ष बन्नका लागि नेपाली काँग्रेसबाट ४ जना आकाक्षी देखिएका छन् ।

नेपाली काँग्रेस खनियाबास १ द्धारा उम्मेद्वार सिफारिस गर्नको लागि आयोजना गरिएको वडा भेलामा ४ जनाले वडा अध्यक्ष बन्न इच्छा देखाएका हुन् ।

यी हुन् कांग्रेसबाट खनियाबास १ को अध्यक्षका आकांक्षी

छ्याक्या लामा तामक
हरि चन्द्र तामाङ
श्री तामाङ (मर्चेन)
आशिष तामाङ

भेलामा टिकट दावी गर्ने सबैजनाको नाम पालिका समितिमा सिफारिस गरि ,पालिकाको राय सुझाव सहित क्षेत्रिय संसदीय बोर्डले दावेदारहरुबाट उम्मेदवार छनोट गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here