अनेरास्ववियु धादिङको अध्यक्षमा रक्तिम रेग्मी निर्बिरोध चयन

धादिङ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु धादिङको अध्यक्षमा रक्तिम रेग्मी चयन भएका छन् । बिहीबार सम्पन्न अनेरास्ववियु धादिङको भेलाले रक्तिम रेग्मीको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ।

भेलाले उपाध्यक्षमा कल्याण अधिकारी, सचिवमा श्याम लामा, सह सचिवमा रेशम श्रेष्ठ, विनिता अधिकारी र बाबुराम बस्नेत, कोषाध्यक्षमा कल्याण सेन्चुरी, संगठन विभाग प्रमुखमा गगन सिंह बस्नेत, प्रशिक्षण विभाग प्रमुखमा बिजन रेग्मी, महिला विभाग प्रमुखमा मन्जिता लोहनीलाई चयन गरेको हो ।

अनेरास्ववियु केन्द्रिय अध्यक्ष सुनिता बरालको प्रमुख आतिथ्यता तथा एमालेका केन्द्रीय सदस्य खेम लोहनीको विशेष आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here