कपुर गाउँ युवा एकता समाजको आयोजनामा चैत २८ देखि भलिबल प्रतियोगिता हुने

धादिङ । रुबिभ्याली गाउपालिका वडा न ५ स्थित कपुरगाउँमा नयाँ बर्षको पावन अवसरमा वडा स्तरीय मैन्त्रीपुर्ण खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । कपुर गाउँ युवा एकता समाजको आयोजनामा चैत २८ गते देखि खेल सुरु हुने छ ।

खेलको प्रथम पुरस्कार २०००० नगद पुरस्कार मेडल तथा ट्रफी एबं दोश्रो हुनेलाई १५००० एबं तेस्रो हुनेलाई १०००० नगद पुरस्कार एबं मेडल ट्रफी लगायतको पुरस्कार रहेको आयोजक ‘कपुर गाउँ युवा एकता समाज’ले बताएको छ ।

त्यस्तै कार्यक्रमको उद्घाटन समारोहको प्रमुख आतिथ्य समाजसेवी, नागारिक हिरो-२०७५, अन्तराष्ट्रिय धादिङ समाजको बरिष्ठ उपाध्यक्ष एबं नेपाल तामाङ घेदुङको संघीय सदस्य दिनेश तामाङको उपस्थितमा हुने आयोजक समितिले बताए को छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here