आजको सुनचाँदीको मुल्य

काठमाडौ । नेपाली बजारमा मंगलबार सुनको मूल्य एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार  सुन तोलामामा १ सय रुपैयाँले बढेर तोलाको  ९८ हजार ८०० रुपैयाँ कायम गरिएको छ।  यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ३०० रुपैयाँ  तोकिएको छ। यसअघि सोमबार छापावाला सुन तोलाको ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने सोमबारको तुलनामा १० रुपैयाँले घटेको छ। चाँदीको मूल्य प्रतितोलाको १३४० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोलाको १३५० रुपैयँमा कायम गरिएको थियो।