कहिलेकाहिँ हाम्रो ध्यान कफीको सट्टा कपमा जान्छ जसका कारण जुन आनन्द लिनुपर्ने हो त्यो लिन असफल हुन्छौं। खुसी हुनुको मतलब हामी वरपरका सबै कुरा पूर्ण छन् भन्ने होइन। तपाईंले अपूर्णताहरूमा होइन, त्यसभन्दा बाहिर हेर्ने र शान्ति खोज्ने काम गर्नुभएको छ। शान्ति तपाईंभित्रै छ, जागीर, घर, कार वा अन्य चिजमा होइन।
पुरानो विश्वविद्यालय छोडेको धेरै वर्षपछि केही विद्यार्थी पुरानो तर प्यारो प्राध्यापकलाई भेट्न गए। उनीहरूबीच कुराकानी सुरु भयो। कुरा मोडिँदै गएर तनावपूर्ण काम र जीवनका बारेमा गुनासो पोख्नेमा पुग्यो। प्राध्यापकले कुरा मोड्न कफी खाने कुरा गरे। भान्छामा गए। कफीको ठूलो भाँडो, केही राम्रा र केही सादा कम, प्लाष्टिकका गिलास, केही महंगा भाडा र केही सस्ता भाडा लिएर आए।
प्राध्यापकले आफूलाई कफीका लागि सहयोग गर्न भने। सबै विद्यार्थीले हातमा कफी लिएपछि उनले भने, ‘किन सबै राम्रा कप, गिलास र भाँडा मात्र लिनुभयो। केवल सादा र सामान्य कप आदि छोडिए नि ?’ कुनै विद्यार्थीले केही जवाफ दिएनन्। त्यसपछि उनले भने, ‘सबैका लागि आफूले उत्तम चिज चाहनु स्वाभाविक नै हो।
तर, यो नै तपाईंको जीवनमा समस्या र तनावको स्रोत हो। जसरी अघि कुरा मोडिएर जीवनको गुनासोमा पुगेको थियो।’ उनले नयाँ वा पुरानो अनि सस्तो वा महंगो कपले कफीको गुणस्तर मापन नगर्ने बताए।
प्राध्यापकले थपे, ‘धेरैजसो सन्दर्भमा राम्रो वा नयाँ कप महंगो मात्र पर्न जान्छ जसभित्र हामी पिउने कुरो लुकाउँछौं।’ उनले सबै विद्यार्थी कप होइन, कफी पिउन चाहेको पनि बताइदिए। सबै एकआपसमा कपहरू हेर्न थाले।
मानौं, जीवन कफी हो। अनि जागीर, घर, कार, पैसा, पद, चीज आदि सबै कप हुन्। प्राध्यापकले भने, ‘तपाईंहरूले सही कुरो बुझ्नुभयो। जीवनको गुणस्तर कपको प्रकारले परिभाषित वा परिवर्तन गर्दैन।’
नैतिक शिक्षा : कहिलेकाहिँ हाम्रो ध्यान कफीको सट्टा कपमा जान्छ जसका कारण जुन आनन्द लिनुपर्ने हो त्यो लिन असफल हुन्छौं। खुसी हुनुको मतलब हामी वरपरका सबै कुरा पूर्ण छन् भन्ने होइन। तपाईंले अपूर्णताहरूमा होइन, त्यसभन्दा बाहिर हेर्ने र शान्ति खोज्ने काम गर्नुभएको छ। शान्ति तपाईंभित्रै छ, जागीर, घर, कार वा अन्य चिजमा होइन।