चीनमा हालसम्मकै धेरै जनामा कोरोना संक्रमण: एकै दिन १३ हजार १४६ जना संक्रमित

अन्तरास्ट्रिय खबर । चीनमा आइतबार एकै दिन १३ हजार १४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित फेला परेका छन् । यो संख्या दुई वर्षअघि चीनमा सुरू भएको कोभिडको पहिलो लहरपछिकै उच्च हो ।
चीनमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन एक दर्जनभन्दा बढी प्रान्तहरूमा फैलिएको छ । संक्रमितहरूमध्ये एक हजार ४५५ जनामा लक्षण देखिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले एक विज्ञप्तिमा भनेको छ ।
कोभिड महामारीको केन्द्रबिन्दु बनेको चीनको वित्तीय हव सांघाइमा झण्डै साढे दुई करोड मानिस घरभित्रै बसेका छन् । कोभिड संक्रमण देखिएसँगै प्रभावित प्रान्तका शहरमा सरकारले आवत जावतमा कडाई गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here