राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन धादिङको अधिबेशन सम्पन्न: अध्यक्षमा नीर बहादुर गुरुङ चयन

धादिङ, चैत – १९ । रा.प्र.पा. निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन धादिङ जिल्लाको प्रथम अधिबेशन सम्पन्न भएको छ । भेलाले नीर बहादुर गुरुङको अध्यक्षतामा २५ सदस्यीय कार्यसमितिको चयन गरिएको राप्रपा युवा नेता पृतम गुरुङले होराईजन खबरलाई बताउनु भयो । साथै धादिङ जिल्ला कै केन्द्रमा रहेको निलकण्ठ बहुमुखी क्याम्पसको संयोजकको योगेन्द्र तामाङलाई चयन गरिएको छ ।

संगठनको भाबी योजना अनुसार छिट्टै, धादिङको सम्पुर्ण स्थानीय तह एबं क्याम्पस, विद्यालयहरुमा संगठन बिस्तार समेत गरिने नवनिर्मित कमिटीले बताएको छ ।

कार्यक्रममा रा.प्र.बी.स. का केन्द्रिय सह-महामन्त्री पन्च बहादुर तामाङ र मङ्ग तामाङ सहित विद्यार्थी नेताहरुको आतिथ्य रहेको थियो ।

देशको हकहित र विद्यार्थीको हकहितका निम्ति सधै अगाडि बढि रहने प्रतिबद्धताको साथ राप्रबिस ले देशभर नै राष्ट्र र राष्ट्रिय जोगाउनको निम्ति आफ्नो संगठन निर्माणमा जोड दिएको उक्त राप्रबिस का केन्द्रिय नेताहरुले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here