मैले एमाले प्रवेश गरेको होइन – अम्बर लामा

धादिङ,चैत १८ । एमाले पार्टी प्रवेश गरेको गलत प्रचार गरेको भन्दै नेकपा एकिकृत समाजवादीका जिल्ला सदस्य अम्बर लामाले आपत्ति जनाएका छन् ।

लामाले शुक्रबार लामाले हस्तलिखित पत्र लेख्दै नेकपा एमालेले भ्रामक सूचना फैलाएर आफ्नो मर्यादा घटाएको भन्दै आपत्ति जनाएका छन्  ।
उनले भने, मेरो आफ्नो मान मर्यादाको ख्याल नगरि नेकपा एमालेमा प्रवेश गरेको भनि भ्रमात्मक समाचार फैलाएको कुरामा आफ्नो ध्यानाकाषर्ण भएको विज्ञप्तिमा उल्लेख छ । 

लामाले आफू ‘पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादीमा नै छु र आम कार्यकर्ता नेताहरुलाई भ्रममा नपर्न पनि आग्रह गर्दछु’,भन्दै  लामाद्धारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here