सुनको मुल्य प्रति तोला एक लाख नौ सय रुपैयाँ

काठमाडौँ । साताकाे पहिलाे दिन आइतबार सुनको भाउ गत शुक्रबारकाे तुलनामा स्थिर छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको एक लाख नौ सय रुपैयाँ कायम भएको छ । 
गत साताकाे अन्तिम दिन शुक्रबार पनि सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
 
आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ ।  चाँदीको भाउ पनि स्थिर छ । शुक्रबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही भाउमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here