नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम काठमाडौमा सुरु

काठमाडौ । अमेरिकी सेना काठमाडौँमा आएको छ।  नेपाली सेनासँग संयुक्त मेडिकल तालिम गर्न अमेरिकी सेना आएको हो।
अमेरिकी सेना र नेपाली सेनाको बीचमा संयुक्त मेडिकल तालिम काठमाडौँमा सुरु भएको छ । आकस्मिक अवस्थामा कस्ता मेडिकल सामग्री चाहिन्छ र कसरी तयारी अवस्थामा बस्ने भन्नेबारे सो तालिममा अनुभव आदान प्रदान गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँको छाउनीस्थित वीरेन्द्र अस्पताल र महावीर गण रेन्जरमा संचालन हुने तालिममा विभिन्न अपरेशन र प्राकृतिक विपद्को बेला स्वास्थ्य उपचारलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे अमेरिकी सैनिकसँग अनुभव आदानप्रदान हुनेछ ।
सो तालिममा १८ जना अमरिकी सैनिक र ४२ जना नेपाली सैनिक प्रशिक्षार्थीहरु सहभागी छन् । चैत ११ सम्म चल्ने सो मेडिकल तालिम बिहिबार नेपाली सेनाका क्लिनिकल रजिष्टार प्राविधिक सहायकरथी डा. राजिव राज शाहीले शुभारम्भ गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here