काठमाडौ । हिजो कक्षा २ मा पढ्दै गर्दा आफु सुत्ने कोठाभरी सुर्यको तस्बिरले सिंगारेँ ।
त्यसमा लेखिएको एमालेको नारा थियो युवाको आह्वान सुर्यमा मतदान,अनी घरको बरन्डा,आँपको रुखको टुप्पोमा समेत सुर्यको झन्डा झुन्ड्याए,अग्रज दाजुहरुले त्यो झन्डा निकालेर फालीदिँदा बिहान खाना नखाई बिधालय समेत जाँदैन थिँए ।
मैले कोठामा टाँसेको सुर्यको तस्बिर भुकम्पले घर लथालिङ्ग भएपछी माटो मा बिलाए ।
सानै देखी नै गित सङ्गीत मा अती नै रम्ने म पछी क्रान्तिकारी गित हरु एकदमै मन पर्न थाल्यो ।
माओवादीले तिहारमा हाम्रो घरको आँगनमा खेलेको देउसी झन् उत्पातै मन पर्यो ।
गितै पिच्छे गणतन्त्र ल्याँउछौ ।
भन्ने थियो,अनी कता/ कता प्रचण्ड नाम सुन्नमा आयो,झन् उहाँहरुको२०६४ सालको चुनाबी घोषणा पत्रमा त भाबी राष्टपती उहाँ नै
आज मलाई माफी माग्नु मन लाग्यो, त्यती बेलाको मेरो बाल्यकाल मेरो उमेर मा म निकै अपरिपक्व रहेछु । त्यतीबेला मैले टाँसेको सुर्यको तस्बिरमा भएको नेता नचिन्नु , त्यतीबेला मैले नेता चिन्न सक्ने मेरो उमेर,समय थिएन । जसोतसो नेताले चाँही हामीलाई चिन्नुहुन्थ्यो,होला यसले झन्डा बोकीदिन्छ,की पम्प्लेट टाँसीदिन्छ कि भनेर तर उहाँ नेता भैसकेर जानुभैसकेपछी अहिले त उहाँले मेरो नाम त के भनौं,ती हिजो उहाँ हिड्नुभएको बाटो नै बिर्सिनुभएछ ।
मेरो पनी मलाई बिर्सने नेताहरुसंग मलाई केही गुनासो छैन केवल मलाई माया गरिदिने हरुले गरिदिए पुग्छ । पहिला/पहिला जस्तो उहाँहरु संगै सती जाने परम्परा अहिले काँही कतै छैन नी !
अनी हामिले पहिला पढ्दै आएको किताबको पानाहरुमा पनी लेखिएको थियोे नी राजा एकमात्र हुन्छ भनेर । अहिले त धैरै राजाहरु देख्न परेको छ ।