माओवादी केन्द्र धादिङ द्वारा प्रशिक्षण कार्यक्रमको आयोजना: कस्ले के बताए ?

सन्दीप तामाङ, धादिङ । नेकपा माओवादी केन्द्र धादिङको जिल्ला समन्वय समितीद्वारा आयोजित बैठक तथा प्रशिक्षण कार्यक्रम धादिङको होटेल कृक रिसोर्ट को सभा हलमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी निर्वाचन आयोगका केन्द्रिय सदस्य बिश्व पुकार श्रेष्ठ, विशेष अतिथी धादिङ जिल्ला इन्चार्ज शालिकराम जमरकट्टेल, संविधान सभा सदस्य पुश्प बिक्रम मल्ला, पुर्व बिज्ञान तथा प्रबिधि मन्त्री एवम केन्द्रिय सदस्य कल्पना धमला, प्रदेश सभा सदस्य जगत सिम्खडा, बागमति प्रदेश अध्यक्ष सरल सहायत्री पौडेल, धादिङ जिल्लाका नेता राम बहादुर भण्डारी लगायत विभिन्न पद र तहमा रहेका सम्पुर्ण पदाधिकारी हरु र १३ वटा कै स्थानीय निकायका पदाधिकारी हरु जिल्ला समन्वय समिती र प्रदेश सदस्य हरुको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै बागमती प्रदेशका अर्थिक मन्त्री जमरकट्टेलले अबको चुनावको तयारी टोल समिती गठन, सेल कमिटी गठन, मत सर्बेक्षण अनि पार्टी भित्रको गुड उपगुठ को अन्त्य गर्नुपर्ने कुराहरु बारे विशेष उठाइएको थियो । आ-आफ्नो जिम्मेवारी अनुसार पार्टीको निर्देशनमा अगाडी बढाइ अब आउने चुनावमा एक नम्बर को पार्टी बनाउने योजनामा जानुपर्ने कुराहरु बारे प्रशिक्षण दिइएको थियो भने प्रदेश संसाद जगत सिम्खडाले माओवादी केन्द्र पार्टी सुरुको दिन देखि नै जनताको पक्षमा रहेर काम गरिरहेको जनता कै लागी राम्रा एजेन्डा हरु ल्याएर बिकास निर्माणका योजनाहरु कार्यन्वयन गराइएको कुराहरु रखिएको थियो भने अब को चुनावमा पनि त्यही अनुसारले अगाडी बढाइ अरु पार्टी सङ्ग को तालमेल गरेर चुनाव जित्ने होइन कि आफै जित्ने हिसाबले अगाडी बढाउने तिर जानुपर्छ भनी प्रशिक्षण गरिएको थियो । त्यसै गरि बागमति प्रदेश अध्यक्ष सरल सहायत्री ले मार्क्सवाद को बारेमा राम्रोसँग उदाहरण सहित प्रस्टाइ दिइएको थियो भने, कुनै पनि पार्टीको कार्यमा संस्थागत भन्दा बाहिर नगर्ने, नेकपा माओवादी पार्टी इतिहास कै हिसाबले पनि कम्जोर छैन तर अबुज जनताहरुको कमजोरीले गर्दा कम्जोर भएको ठम्याइ रहेको बताए ।

त्यस्तै जिउदो सहिद नामले परिचित धादिङका नेता राम बहादुर भण्डारीलाई केन्द्रिय लेखा समिती सदस्य जिम्मेवारी दिइएकोमा उहाले लेखा सम्बन्धि केही जानकारी नभएकोले उक्त पद फिर्ता लैजन बागमति प्रदेश अध्यक्ष र केन्द्रिय सदस्य हरु सामु क्रोध व्यक्त गर्नु भयो । साथै उहाले हाम्रा मान्छे र राम्रो मान्छे लाई छनोट गर्नु पर्ने कुरा राख्नु भएको थियो भने केन्द्रिय सदस्यमा नपरेकोले आफ्नो मनमा लागेका कुराहरु जन संघर्षमा लागेका मान्छे होइन जोसङ्ग धन सम्पत्ति छ उक्त ब्यक्ति मात्रै पद र माथिल्लो तहमा पुग्ने भनी गुनासो व्यक्त गर्नु भयो ।

त्यसै गरि पुर्व बिज्ञान मन्त्री तथा केन्द्रिय सदस्य कल्पना धमलाले पार्टी भित्रको असन्तुलानलाई र असन्तुष्टि लाई बन्द गरि आफू जनताको पक्षमा रहेर अगाडी बढाउन अनुरोध गर्नु भयो, भने बिपक्षी पार्टीलाई ध्यान गर्दै पार्टीको काम गर्न अनुरोध गर्नु भयो । त्यसै गरि पुष्प बिक्रम मल्लले बिपक्षी पार्टीको कमजोरीलाई केलाउदै चुनावमा जादा त्यसको फाइदा उठाउनु पर्छ भनिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बिष्णु पुकार श्रेष्ठले क्रमै सङ्ग सबैको आत्मा समिक्षा गर्दै सबैलाइ सम्झाउदै नेकपा माओवादी केन्द्र भित्रको सकारात्मक र नकारात्मक कुराहरु बारे प्रस्टाइ हाम्रो पार्टीको मुख्य काम भनेको समाजवादमा लागेर शास्त्र, अस्त्र र निशस्त्रको बारेमा समेत ब्याख्यत्माक गर्दै समाजलाई रूपान्तरण गर्दै लैजानु पर्छ भन्नू भयो साथै अबको चुनाव पनि एउटा महात्वपुर्ण आन्दोलनको स्वरुप दिदै यहि आन्दोलन लाई सफल बनाउन हामी अहिले देखि लागि पर्नु पर्ने सल्लाह समेत दिनु भयो । त्यस्तै श्रेष्ठले हाम्रो समाजमा मतदाताहरु ८ प्रकारका हुने बताए ।

उनका अनुसार ८ प्रकारका मतदाताहरु !
१. पार्टी कै मतदाता, २. राम्रो छानेर भोट हाल्ने मतदाता ३. परम्परा गत मतदाता, ४. समुदायको मतदाता अथवा नातावाद मतदाता, ५. जातीय मतदाता, ६. प्रचारप्रसार मततादाता अथवा प्रायोजित मतदाता, ७. आश्रित मतदाता आफै कन्फ्युज हुने मतदाता, ८. बिगाउ मतदाता पैसामा बिग्ने । त्यसैले यस्ता मतदाताहरुको सर्बेक्षण गरि एक नम्बर को पार्टी र उम्मेदवारी लाई जिताउन लाग्नु पर्छ भनी आग्रह गर्नु भयो ।

साथै mcc को बारेमा बोल्दै पार्टी अध्यक्ष पुस्प कमल दहाल प्रचण्डले संसद भित्र र बाहिर सडकमा आन्दोलन गरेर केही mcc हुबाहु पारित गर्न नदिने योजना सफल भएको चेतना वा जानकारी गराए अन्यथा बिपक्षी पार्टीहरुले हुबहु mcc पारित गर्ने उहाँको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here