ट्याङ्करले मोटरसाईकलाई ठक्कर दिदा २ सामान्य, १ सिकिस्त घाइते

फागुन – २७ । नुवाकोटको बट्टार बजारमा शुक्रवार विहान भएको सडक दुर्घटनामा तीनजना घाइते भएका छन् । विहान ६ बजे विदुर–४ बट्टारको ब्यारेक नजिकै पानी बोक्ने ट्याङ्करले मोटरसाईकलाई ठक्कर दिएर दुर्घटना भएको हो ।
उक्त ठक्करबाट मोटरसाईकलमा सवार तिन जना घाईते भएका छन् । ट्याङ्करको ठक्करबाट घाइते हुनेमा तारकेश्वर गाउँपालिका वडा नं १ दाङसिङका २४ वर्षिय अर्जुन तामाङ, १९ वर्षिय ज्ञानु तामाङ र ९ वर्षिक वालक आयाम तामाङ रहेका छन् ।

घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल त्रिशूली लगिएको छ । घाइतेमध्ये ज्ञानुको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । ना ३ ख ६१८१ नंवरको पानी बोक्ने टयाङ्करले बा ६५ प ८८५९ नंवरको मोटरसाईकलाई ठक्कर दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here