भिजिट भिसामा दुबई जानलागेका १२ जनालाई अध्यागमनले फिर्ता पठायो, नामावली सहित

काठमाडौं । त्रिभुवन अन्तरास्ट्रिय बिमान स्थलको अध्यागमन कार्यालयले भिजिट भिसामा दुबई हिँडेका १२ जनालाई फिर्ता पठाएको छ। आवश्यक कागजपत्र पेस गर्न नसकेको र शंकास्पद लागेका १२ जनालाई मंगलबार अध्यागमन कार्यालयले फिर्ता पठाएको हो।

अध्यागमन स्रोतका अनुसार नुवाकोटकी पूजा श्रेष्ठ, काठमाडौंकी आस्था मल्ल, झापाकी कुशुम खड्का, मोरङकी प्रकृति भट्टराई, स्याङ्जाकी इलिना थापा, रोल्पाका बलबहादुर बुढा, संखुवासभाका नुर्बु शेर्पा, काभ्रेपलाञ्चोकका अनिल तामाङ, पर्साका सन्तोष कुमार कलवार, बाजुराका चेतबहादुर थापा, सप्तरीका मसलिम मन्सारी र दाङका अर्जुन नेपाली रहेका छन्। 
त्यस्तै कतार हिँडेकी धनबहादुर थापालाई पनि अध्यागमन कार्यालयले प्रस्थान अनुमति नदिएको बताइएको छ।
यसअघि कम्बोडिया हिँडेका १३ जनालाई अध्यागमन कार्यालयले रोकेको थियो। तीमध्येको केहीको भ्रमण उद्देश्य स्पष्ट नभएको र केहीले आवश्यक पक्रिया पूरा नगरेको बताइएको छ।
फिर्ता हुनेमा दिवस न्यौपाने, विनोद सिंह, हैदर अलि, सुरज कट्टेल, भारत तिमल्सिना, धर्मेन्द्र प्रसाद चौधरी, राजु महत क्षेत्री, महेन्द्र बम, निल कन्ठ पौडेल, कमल प्रसाद सिवाकोटी, धर्मराज सेढाइ, चन्दन साह र प्रेम प्रसाद अमगाईँ रहेको अध्यागमन कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here