नेपालको सबैभन्दा बढी व्यापार घाटा भएका १० देशहरु, पहिलो भारत, दोश्रो चिन, तेस्रो इन्डोनेसिया

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख २५ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार २०७८ साउनदेखि माघ मसान्तसम्मको अवधिमा नेपालले ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख ३६ हजार रुपैयाँको वस्तु आयत गरेको छ भने १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख ११ हजार रुपैयाँको वस्तु निर्यात।
विभागको तथ्याङ्क अनुसार नेपालको सबैभन्दा ठूलो व्यापार घाटा १० देशसँग रहेको छ। ती १० देशमा क्रमसः भारत, चीन, इन्डोनेसिया, युनाइटेड अरब इमिरेट्स (युएई), अर्जेन्टिना, अमेरिका, अष्ट्रेलिया, युक्रेन, मलेसिया र बंगलादेश रहेका छन्।

नेपालको सबैभन्दा ठूलो व्यापार घाटा रहेको सूचीको पहिलो नम्बरमा पर्छ– भारत। पछिल्लो सात महिनामा नेपालको भारतसँग व्यापार घाटा ५ खर्ब ८९ अर्ब ८८ करोड ६० लाख ६ हजार रुपैयाँ रहेको छ।
यो अवधिमा भारतबाट नेपालमा ६ खर्ब ९६ अर्ब २४ करोड ४३ लाख ९४ हजार रुपैयाँको वस्तु भित्रिएको छ भने नेपालबाट भारतमा १ खर्ब ६ अर्ब ३५ करोड ८३ लाख ८७ हजार रुपैयाँको वस्तु गएको छ।
नेपालको दोस्रो ठूलो व्यापार घाटा चीनसँग रहेको छ । चालु आर्थिक वर्षको सुरुवाती सात महिनामा नेपालको चीनसँग व्यापार घाटा १ खर्ब ६४ अर्ब ७४ करोड ९८ लाख २८ हजार रहेको छ। यो समयमा चीनबाट नेपालमा १ खर्ब ६५ अर्ब २३ करोड ७७ लाख ४३ हजार रुपैयाँ र नेपालबाट चीनमा ४८ करोड ७९ लाख १५ हजार रुपैयाँको वस्तु गएको छ।
नेपालको तेस्रो ठूलो व्यापार घाटा इन्डोनेसियासँग रहेको छ। यस वर्ष इन्डोनेसियासँग नेपालको व्यापार घाटा ३५ अर्ब ३४ करोड ९७ लाख ८७ हजार रुपैयाँ पुगेको छ। यो अवधिमा इन्डोनेसियाबाट नेपालमा ३५ अर्ब ३७ करोड ४१ लाख ३९ हजार रुपैयाँ र नेपालबाट इन्डोनेसियामा २ करोड ४३ लाख ५२ हजार रुपैयाँको वस्तु गएको छ।
नेपालको चौंथो ठूलो व्यापार घाटा युएईसँग रहेको छ । पछिल्लो सात महिनामा युएईसँग नेपालाको व्यापार घाटा ३१ अर्ब ४५ करोड ८५ लाख ३१ हजार रुपैयाँ रहेको छ। यस वर्ष नेपालले युएईबाट ३१ अर्ब ७४ करोड २७ लाख ९२ हजार रुपैयाँको वस्तु आयात गरेको छ। सोही समयमा नेपालले युएईमा २८ करोड ४२ लाख ६१ हजार रुपैयाँको वस्तु पठाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here