मेयर कप कराँतेमा धादिङ निलकन्ठका पुरुष टिम प्रथम साथ उत्कृष्ट खेलाडीको उपाधी

फागुन – २२ । काठमाडौंको तारकेश्वर न.पा. को आयोजनामा फागुन २० र २१ गते आयोजना भएको मेयर कप कराँते प्रतियोगितामा निलकन्ठ न.पा. ले ४ स्वर्ण ३ रजत र ४ कास्य साथ सबै भन्दा धेरै ११ पदक जित्न सफल भएको छ ।

नेपालको विभिन्न ३७ न.पा. को सहभागी रहेको प्रतियोगितामा टिम प्रथम हुने खेलाडीहरु बिजय श्रेष्ठ, मीन बहादुर तामाङ, प्रतीक घर्ती मगरले उपाधी जित्न सफल भएका हुन । तौल समुहमा ५५ केजि मा मीन बहादुर तामाङ स्वर्ण पदक ६० केजी तौंल समुहमा बिजय श्रेष्ठ स्वर्ण पदक महिलाको ५५ केजि समुहमा एलिना बिकले स्वर्ण पदक जित्न सफल हुनु भएको छ । रजत पदक जित्न सफल हुनेहरुमा महिलाको टिम फाईटमा डाईना ओझा, एलिना बिक, र एन्जिला धिमाल छिन ।

पुरुष खुल्ला तौलमा निशान मल्ल रजत पदक र महिला खुल्लामा डाइना ओझाले रजत पदक जित्न सफल भएका छन् । भने कास्य पदकमा निशा घर्ती मगर एकल काँता, ६७ तौलमा सन्तोष क्षेत्री, ४५ केजिमा एन्जिला धिमाल र प्रतियोगिताको उत्कृष्ट खेलाडी उपाधी बिजय श्रेष्ठ ले प्राप्त गर्नुभयो,।प्रतियोगिताको टिम मेनेजर शंकर धमला र प्रशिक्षकमा अनुपमा मगरले गर्नु भएको प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री धुर्ब बिक्रम मल्लले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here