खनियाबास-१ मा,मुख्य चार दलका वडा अध्यक्षहरु फेरि दोहोरिने सम्भावना कत्ति ?

धादिङ ,फाल्गुन ,२२,
निर्वाचन आयोगले  आगामी बैशाख ३० गते  स्थानीय तहको चुनाव घोषण गरे संगै स्थानीय तहका वडाहरुमा आगामी चुनावको चर्चापरिचर्चा हुन थालेको छ ।
स्वभाविक रुपमा गत निर्वाचनको चुनावमा खनियाबासवाट हारजित हासिल गरेका पार्टीहरु मध्ये, नेपाली काङ्ग्रेस ,नेकपा एमाले ,नेकपा माओवादी केन्द्र र रा.प्र .पा गरि यि ४ दलका नेताहरु फेरि वडा अध्यक्षमा दोहोरिने सम्भावना कत्ति भन्ने बिषयमा  चर्चापरिचर्चा हुन थालेको छ।

खनियाबास-१ मा बिशेष गरि नेपाली काङ्ग्रेस ,नेकपा एमाले ,माओवादी केन्द्र र राप्रपा यहाँका मुख्य पार्टी हुन ,विगतमा झै यिनै ४ दलका नेताहरुको रोचक प्रतिस्पर्धा हुने देखिन्छ,उक्त  प्रतिस्पर्धिहरु मध्ये अब कस्ले बाजी मार्न सक्ला ,भन्ने बिषयमा गाउँपलिका स्तरीय नेताहरुको चिन्ता  र चासोको बिषय बनिन् थालेको छ ।

विगतको स्थानीय चुनावमा नेपाली काङ्ग्रेसका प्रतिनिधि हालका  वडा अध्यक्ष बुद्धि तामाङले बिजय हासिल गरेका थिए ,भने नेपाली काङ्ग्रेस भित्र फेरि ऊनी दोहोरिने सम्भावना रहेको ऊनी निकटका नेता कार्यकर्ताहरु  बताउछन।

त्यस्तै, नेकपा एमाले गत चुनावमा निकै नै सम्भावना बोकेका  पार्टी हुन ,त्यति  बेला नेकपा एमाले निकटबाट वडा अध्यक्षका दाबेदार मान (माने )बहादुर तामाङ हुन ,ऊनी फेरि पुनः वडा अध्यक्षमा दोहोरिने संकेत रहेको उन निकटका व्यक्तिहरुको  भनाइ छ,उनी आफैले पनि, म घाइते बाघ जस्तै भएको छु ,पार्टीले टिकट दिए फेरि एक पटक लड्ने उनको धारणा रहेको छ ।
त्यस्तै,माओवादी केन्द्रबाट मनिल(मान)ब .तामाङ वडा अध्यक्षको दाबेदर हुन् ,अहिले उनी लगायत १ जना दाबी रहेको,र  ति २ जना मध्ये जो कोहि पनि आउन सक्ने उनको श्रोताहरुले बताएका छन् ।

यि ३ दलहरु भन्दा फरक एजेन्डा बोकेका राप्रपाबाट ,सोनम तामाङ वडा अध्यक्षको  दाबेदार बनेका थिए ,भने अहिले पनि राप्रपाबाट उनले टिकट पाउने सम्भावना रहेको राप्रपा निकटका नेता कार्यकर्ताहरुको भनाइ रहेको छ ।

गाउँका जनताहरुको माग भने उस्तै रहेको छैन। अब शिक्षित व्यक्ति र इमानदारी व्यक्तिहरु आउनु पर्ने  र त्यस्ता व्यक्तिहरुले मात्रै गाउँ घरलाई निकास दिन सक्ने बताउँछन् ,भने कुनै कुनै कर्याकर्ताहरुले उहिलेका व्यक्तिहरुलाई सच्याएर ल्याउनु पर्ने ऊनीहरुको माग रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here