धादिङमा फागुन २४ गते कौह्रा लोक नृत्य प्रतियोगीता हुने

धादिङ । नेपाल मगर संघ धादिङको आयोजनामा यही फागुन २४ गते खुल्ला कौह्रा लोक नृत्य प्रतियोगीता हुने भएको छ । “२०७८ को ४० औ मगर एकता दिवसको अवसरमा धादिङबेसी जाऔं, खुल्ला कौह्रा लोकनृत्य प्रतियोगितामा सहभागी बनौं, लोकसंस्कृति संरक्षण सम्बर्द्धनमा टेवा पुर्याउ ” भन्ने उद्घोषका साथ धादिङबेसि स्थित क्रीक रिसोर्टमा कार्यक्रम आयोजना गरिने भएको हो ।

धादिङ जिल्लाका मगर समुदायले विगतका वर्षहरुमा जस्तै भव्यरुपमा मनाउदै आएको र्मौलिक सांस्कृतिक पर्व विशेष कार्यक्रममा यस वर्ष पनि सालैजो नृत्य प्रदर्सन एबं कौरा लोक नृत्य प्रतियोगिताको आयोजना गरिने नेपाल मगर संघ धादिङका सचीव इस्वर थापा मगरले बताउनु भयो ।

यस वर्ष विगतका वर्षहरुको जस्तै साँस्कृतिक मनोरञ्जनका साथै ४० औ मगर एकता दिवसको अवसरमा आयोजना हुने कार्यक्रमलाई महत्वका साथ हेरिएको छ । यसवर्षको कार्यक्रमलाई रचनात्मक एवं सृजनात्मकरुपमा मनाउने र मगर मात्र नभई सम्पूर्ण आदिवासी जनजातिहरुमा समेत सृजनात्मकता, क्षमता विकासका कार्यक्रमहरुमार्फत अगाडि बढाउने लक्ष्य समेत लिइएको छ ।

जिल्ला भरी छरिएर र लुकेर रहेको प्रतिभा प्रष्फुटन गराउने अभिप्रायले सालैजो र कौरा लोकनृत्य मार्फत सृजनाहरुलाई विकास गराउने, परिस्कृत गराउने र लोक संस्कृति संरक्षण सम्वद्र्धनमा कोशे ढुँगा बनाउने लक्ष्य सहित यस वर्षकोे ४० औ मगर एकता दिवसको अवसरमा कार्यक्रम भव्यताका साथ गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here