झार्लाङमा पहिलो पटक पुग्यो बस, भाडा डर घट्ने भन्दै स्थानीयमा खुशीयाली

धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिका वडा न. २ झार्लाङमा पहिलो पटक बस पुगेको छ जस्ले गर्दा स्थानीयमा खुशीयाली छाएको छ । साना जिप तथा मुस्ताङ गाडीहरुमा चर्को भाडा डरमा आवत जावत गर्नु पर्नेमा बस सेवा सुचारु भए संगै सहज र कम भाडा यातायात सेवा लिन पाइने भन्दै स्थानीय हर्सित बनेका छन ।

नेकपा माओवादी केन्द्र खनियाबास-२ का वडा सचीव सुके गुरुङको पहलमा आज पहिलोपटक झार्लाङमा बस-सेवा सुचारु भएको प्रेम तामाङले होराईजन खबर लाई बताउनु भयो । बस चालक (सानू भाइ मगर) द्वारा आज झार्लाङ सम्म पुराइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here