रुसविरुद्धको लडाईंमा बिदेशी राष्ट्रहरु नि समाबेश हुन युक्रेनका राष्ट्रपतिको अपिल

एजेन्सी । युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले विदेश लडाकूमार्फत् युक्रेनमा विदेशी सेना बनाउने अपिल गरेका छन ।
राष्ट्रपति जेलेन्स्कीले सोसल मिडियामा पोस्ट गर्र्दै कुनै पनि आकार युक्रेनसँग काँधमा काँध मिलाएर लड्न सक्ने बताएका छन् ।

पोस्टमा लेखिएको छ, ‘युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्की संसारभरीका सबै नागरिक, युक्रेनका साथीहरुलाई शान्ति र लोकतन्त्रका लागि सम्बोधित गरिरहेका छन् । ’

‘युक्रेनको सेनामा समावेश हुन चाहने युरोप वा संसारका कुनै पनि इलाकाका जनता अघि बढ्नुहोस् र युक्रेनसँग काँधमा काँध मिलाएर रुसी युद्ध अपराधीविरुद्ध लड्न सक्नुहुन्छ ।’

अर्को एउटा विस्तृत पोस्टमा विदेशी नागरिक कानुनी रुपमा युक्रेनको सेनामा समावेश हुनसक्ने र यसका लागि भिन्न युनिट बनाउन लागिएको उनले बताए । यसलाई ‘युक्रेनको क्षेत्रीय रक्षाका लागि अन्तर्राष्ट्रिय सेना’ नाम दिइएको छ ।

युक्रेनका राष्ट्रपतिले लडाईंमा युक्रेनलाई एक्लै छोडिएको भन्ने कुरामा पहिले पनि जोड दिएका थिए ।
युक्रेनको पश्चिमी सहयोगीले हतियार र गोला बारुद त पठाएको छ तर आफ्नो सेना पठाएको छैन । युक्रेन नेटो डिफेन्स अलायन्सको हिस्सा होइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here