काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदबाट पारित हुने बताएका छन् ।
संसद बैठकपछि प्रधानमन्त्री देउवाले पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका छन् । उनले भने ‘अब पास हुन्छ ।’
सरकारले आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौता प्रस्ताव पेश गरेको छ ।
फागुन १२ देखि प्रस्तावमाथि बैठकमा छलफल सुरु हुने छ । अर्को बैठक फागुन १२ गते बोलाइएको छ ।