एमसीसीबारे निर्णायक छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) टेबल गर्ने/नगर्ने बारे सत्ता गठबन्धनको निर्णायक बैठक बस्दै छ । बैठक आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । गत शुक्रबार सत्ता गठबन्धनबीच सहमति जुटन नसकेपछि थप गृहकार्य गर्ने भन्दै बैठक सारिएको थियो  ।

एमसीसी टेबल गर्ने/नगर्ने विषयमा दलहरुबीच सहमति जुटन सकेको छैन । अमेरिकाले एमसीसी अनुमोदन गर्न फागुन १६ सम्मको समय दिएको छ । गठबन्धनको आजको बैठकले एमसीसी टेबल गर्ने/नगर्ने बारे निर्णय लिने बताइएको छ । संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले गत शुक्रबार आजको बैठक एमसीसीबारे निर्णायक हुने बताएका बताएका थिए ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here