बिहीबार सुनचाँदीको मुल्यमा वृद्धि

फागुन – ५, काठमाडौं । सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर ९६ हजार १०० रुपैयाँ कायम भएको हो। 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर १२ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here