नयाँ शैक्षिक सत्र जेठ १ गतेबाट सुरु हुने, मन्त्रालयको निर्णय

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत्र मसान्तसम्म चालू शैक्षिकसत्रको अन्त्य गर्दै नयाँ शैक्षिकशत्र आगामी २०७९ सालको जेठ १ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रालयको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रवक्ता दिपक शर्माका अनुसार चैत मसान्त सम्ममा शैक्षिक सत्र सक्ने र आगामी २०७९ साल जेठ १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने जानकारी दिए।

मन्त्रालयले आगामी चैत मसान्तसम्म देखि वैशाख महिनामा कक्षा १ देखि १० सम्मका सम्पुर्ण तहका परीक्षा सम्पन्न गरि नतिजा प्रकाशन गर्ने र नयाँ शैक्षिक सत्रका लागि नयाँ विद्यार्थी भर्ना पनि वैशाखममै गरिसक्ने बताएको छ। त्यसैगरी मन्त्रालयले पाठ्यपुस्तकको व्यवस्थापन समेत वैशास महिनामै गरिसक्ने निर्णय भएको जनाएको छ।

त्यसैगरी प्रबक्ता शर्माले कक्षा ८ को परीक्षा स्थानीय तहले आफ्नो अनुकूल मिलाएर वैशाखमा नै सक्नुपर्ने निर्णय गरेको समेत जानकारी दिए । यसअघि नयाँ शैक्षिकसत्र बैशाख मा शुरु गर्ने वा जेठमा भन्ने अन्यौल थियो। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here