पछिल्लो २४ घण्टामा थप १५७० जनामा संक्रमण पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप १३ जना संक्रमितको मृत्यु भएको हो। त्यस्तै पछिल्लो २४ घन्टामा थप १५७० जना संक्रमित थपिएका छन्। ११ हजार ३६५ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै एकैदिन थप ६१४६ संक्रमित कोरोनामुक्त भएका छन्। नेपालमा हाल, ४० हजार १११ सक्रिय संक्रमित रहेका छन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here