आज देखि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ निष्काशन

पोखरा । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आइपीओ) निष्काशन भएको छ । कम्पनीले भोलिदेखि  १०० रुपैयाँका दरले ५ लाख २२ हजार कित्ता साधारण सेयर निष्काशन गरिएको हो।
जसमध्ये साधारण सेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् ८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र सर्वसाधारणलाई छुट्याइएको सेयर मध्येको ५ प्रतिशत अर्थात् ३६ हजार १०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी सुरक्षित ४ लाख ८७ हजार ५०० कित्ताका लागि सर्वसाधारणका लागि छुट्याएको छ।

आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार २२० कित्तासम्मका लागि माग गर्न पाउनेछन्। उक्त सेयर छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गते बन्द हुनेछ।

कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत स्थापित भएको संस्था हो । यस लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय पोखरा महानगरपालिका वडा नं. ८, सिमलचौर, कास्कीमा रहेको छ।
हाल वित्तीय संस्थाले राष्टियस्तरमा ८७ शााखा कार्यालयहरु, ३ वटा संकलन केन्द्रहरु, १४ वटा अनुगमन  कार्यालयहरु र २ वटा प्रदेश कार्यालय स्थापना गरी लघुवित्त कारोबार गर्दै  आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here