श्री ५ को बायु गुठी को कारण जनतालाई सास्ती ? अध्यक्ष: ईश्वरी ब. लंम्साल

काठमाडौ । २०३२ सालमा नाप जाप भई नापीको समयदेखी नै रैकर लालपुर्जा भनेको मा रैतानी लालपुर्जा पाएको तर त्यस लालपुर्जा लाई, पनी ७२/७३ सालमा आएर नेपाल सरकारका केही अन्धा कर्मचारी हरुले गर्दा कुनै सोधपुछ नै नगरी हचुवा को भरमा जग्गाधनीको महलमा श्री ५ को बायुगुठी जनाई मोहीका महलमा रैतानी पुर्जालाई ब्यक्तिको मोही बनाएका यस्ता देशका अन्धां कार्यशैली ले गर्दा बाहु जग्गाधनी सोही जग्गा छोरा मोही कसरी हुन्छ ?
केही सत्य तथ्य नबुझीकन हचुवाको भरमा धादिङ, गोर्खा जिल्लाका गरी करिब ३५०० घरधुरीका श्री ५ का बायुगुठीबाट २०३२ सालमा रैतानी भई आएको लालपुर्जा लाई मोहीमा परिणत गरिएको के यो सही हो?
यस्ता गतिविधि ले गर्दा अब यी ३५०० घरधुरीका बासिन्दा नेपाल सरकारलाई नागरिकताको पनी ग्यारेन्टी नदेखिने भएकाले नेपाल सरकारलाई नागरिकता बुझाई तमाम जनता सोही स्थानमा सुकुम्बासी शिबिर खडा गरी बस्नुपर्ने बाध्यता भएकोले नेपाल सरकारले तुरुन्त सत्य तथ्यका साथ नागरिकता बुझी शरणार्थी मा कायम गरिदिने हो की ?
-जुन आफुले भोग चलन गर्दै आएको जग्गाको लालपुर्जा लाई यस स्थानमा रैतानी पुर्जालाई गुठी संस्थान कुनै आलटाल नगरी वायु गुठिले दिएको पत्रअनुसार रैतानी पुर्जा रैतानीमै परिणत गर्नलाई नेपाल सरकारलाई कुनै बाधा अड्चन नभएकोले ३५०० घरधुरीका जनता लाई बेवास्ता गरेको कारणले जनता सरकार समक्ष नागरिकता बुझाउन बाध्य हुनु परेको छ ।

✍️ईश्वरी ब. लंम्साल
अध्यक्ष, धादिङ-गोर्खा गुठी संघर्ष समिति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here