सोमबार थप ५२९२ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

माघ – १७ । पछिल्लो २४ घण्टामा थप ५२९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६०८८ जनामा गरिएको नमूना परीक्षणमा ५२९२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  सोही समयावधिमा ८१९१ जना निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार यसबेला देशभर ७९२७२ जना सक्रिय संक्रमित रहेका छन् । २४ घण्टामा ३६६६०३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here