धादिङका २ आवासीय विद्यालयहरुले प्राप्त गरे ‘इन्टरनेशनल स्कूल अवार्ड’

धादिङका २ आवासीय विद्यालयहरु न्यु किबो बोर्डिङ र धादिङ आवासीय माध्यमिक विद्यालयले ब्रिटिस काउन्सिलबाट वर्ष २०२१–२०२४ का लागि आइएसए अवार्ड (इन्टरनेशनल स्कूल अवार्ड) प्राप्त गरेका छन । विद्यार्थीको गुणस्तरीय शिक्षामा जोड दिने उद्देश्यका साथ २१ औँ सताब्दीको बदलिदो शिक्षामा विद्यार्थीहरुलाई जोड्ने प्रयत्न स्वरुप ब्रिटिस काउन्सिल द्वारा उक्त अवार्ड प्रदान गरिएको हो ।

आइएसए अन्तरगतका विभिन्न ८ वटा प्रोजेक्टहरु सम्पन्न गर्दै संयुक्त राष्ट्रसँघले जारी गरेको १७ वटा दिगो विकास लक्ष्यहरुलाई लक्षित गरी विद्यार्थीहरुबिच विभिन्न कृयाकलापहरु सञ्चालन गरी सबै प्रकृया पुरा गरेर आइएसए अवार्डका लागि योग्य भएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here