प्रतितोला ३०० रुपैयाँले घट्यो सुनको मुल्य; चाँदीको मुल्य भने वृद्धि

माघ – ९ । आज नेपाली बजारमा सुनको भाउ ३०० रुपैयाँले घटेको छ । गत शुक्रबार छापावाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ३०० रुपैयाँले घट्दै ९३ हजार ५०० रुपैयाँमा झरेको हो । 

यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ३०० रुपैयाँले नै घट्दै प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

 यता चाँदीको मूल्य भने गत शुक्रबारको मूल्यमा तोलामा १० रुपैयाँले घट्दै आज आइतबार एक हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here