पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ । पछिल्लो २४ घण्टामा परीक्षण गरेकामध्ये ५२.६ प्रतिशतमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समीर कुमार अधिकारीले कुल पीसीआर परीक्षण भएकामध्ये देशभरको औसत संक्रमण दर ५२.६ प्रतिशत रहेको बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् । जुन हालसम्मकै उच्च भएको उनले बताए । 

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण पनि हालसम्मकै धेरै पुष्टि भएको छ।  पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको हो ।  अधिकारीका अनुसार कुल २३ हजार ४०९ वटा नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको उनले बताए । 
 

अधिकारीका अनुसार हाल देशभर ४७ हजार ९२९ जना सक्रिय सक्रमित रहेका छन् । संस्थागत आइसोलेशनमा रहेकामध्ये आईसीयुमा १६९ र भेन्टिलेनरमा २८ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here