उत्तर कोरियालाई हतियारमा सघाउने रुस र चीनमा रहेका हतियार कम्पनीमाथि प्रतिबन्ध

एजेन्सी । उत्तर कोरियाको हतियार विकासमा सघाउने विभिन्न सहयोगी कार्यक्रममाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ। अमेरिकाको ट्रेजरी विभागले बुधबार हतियार विकासमा उत्तर कोरियालाई सघाउने रुस र चीनमा रहेका हतियार कम्पनीमाथि प्रतिबन्ध लगाएको हो।
उत्तर कोरियाले पछिल्लो समय लगातार गरेको क्षेप्यास्त्र प्रक्षेपणपश्चात अमेरिकाले रुस र चीनमा रहेका सातवटा कम्पनीमाथि प्रतिबन्ध लगाएको हो। उत्तर कोरियाको हतियार विकासमा सहयोग पुर्‍याउँदै आएका चीनमा रहेका चार वटा र रुसमा रहेका पाँचवटा सहयोगी कम्पनीमाथि अमेरिकाले बुधबारदेखि प्रतिबन्ध लगाएको घोषणा गरेको हो।
उत्तर कोरियाले प्रतिबन्धित कार्यक्रमलाई अवैधरुपमा निरन्तरता दिएकाले सो निर्णय गरिएको ट्रिजरी डिपार्टमेन्टका उपसचिव ब्रायन नेल्सनले प्रेस विज्ञप्तिमार्फत भनेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here