धादिङको रुबिभ्यालीमा पहिरोले डोजर सगै पुरिएर सहचालक तामाङ सहित दुई बेपत्ता

धादिङ, पौष – २९ । धादिङ जिल्लाको उत्तरी क्षेत्र रुबिभ्याली गाउँपालिकामा पहिरोले डोजर सहित पुरिएर सहचालक शिव तामाङ सहित अन्य २ जना बेपत्ता भएका छन ।

आज बिहान ७ बजे तिर डोजर स्टार्ट गरेर निर्माणाधीन कार्यक्षेत्रमा लैजान लाग्दा पहिरो खसेर उक्त दुर्घटना घटेको तामाङ पत्रकार संघ धादिङका अध्यक्ष एबं होराईजन संबाददाता सुर्य तामाङले बताउनु भयो ।

सडक ‘टिप्लिङ पुरु लिन्जो’ मार्ग अन्तर्गत निर्माण हुँदै थियो । रुबिभ्यालिमा यश अघि पनि २ पटक डोजर दुर्घटना भैसकेको छ जस्मा २ जनाले ज्यान गुमाइसकेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here