विश्व इतिहासमा आज घटेका प्रसिद्ध घटनाहरु

आज ११ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

पेरुमा विध्वशंकारी पहिरो

सन् १९६२ मा पेरुमा गएको ठूलो पहिरोमा परेर चार हजार जनाको मृत्यु भएको थियो । ढुंगा र हिउँले भरिएको १२ मिटर अग्लो पर्खाल भत्किँदा रियो सान्ता उपत्यकामा नौ ओटा गाउँ पुरिएका थिए ।

डायबिटिजविरुद्ध इन्सुलिनको पहिलो प्रयोग

डायबिटिज अर्थात चिनी रोगको उपचारका लागि सन् १९२२ मा पहिलो पटक इन्सुलिन प्रयोग भएको थियो ।१४ वर्षीय लियोनार्ड थोम्पसनको टाइप १ डायबिटिजविरुद्ध पहिलो पटक इन्सुलिन प्रयोग भएको थियो ।

एडमन्ड हिलारीको निधन

नेपालका तेन्जिङ नोर्गे शेर्पासँगै सगरमाथामा पहिलो पटक पाइला टेक्ने न्युजिल्यान्डका प्रख्यात पर्वतारोही एडमन्ड हिलारीको सन् २००८ को १० जनवरीमा निधन भएको थियो । हिलारीको ८८ वर्षको उमेरमा निधन भएको हो । 
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here