ड्रिम हाइ नेपालले १९ विधामा ९३ पत्रकारहरुलाई नेपाल मिडिया अवार्ड प्रदान गरिने

काठमाडौ । टेलिभिजन, छापा, एफएम रेडियो, अनलाइन टिभी, पत्रिका लगायत बिभिन्न सञ्चारमाध्यममा कार्यरत ९३ पत्रकारलाई अवार्ड प्रदान गरिने भएको छ । ड्रिम हाइ नेपालले यही पुस २४ गते काठमाडौँको सोल्टी होटलमा आयोजना गर्न लागेको गर्ने एलआईसी नेपाल मिडिया अवार्ड २०७८ मा ९३ पत्रकारलाई अवार्ड दिइन लागिएको हो ।

कूल २० विधामा प्रदान गरिने अवार्डमा १९ विधामा उत्कृष्ट ५ को मनोनयन सार्वजनिक भएको छ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको मिडिया अवार्डमा टेलिभिजन, छापा, एफएम रेडियो र अनलाइन सञ्चार माध्यमहरुमा कार्यरत सञ्चारकर्मीहरूको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रममा वरिष्ठ कलाकार तथा टेलिभिजनकर्मी नीर शाहलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड (दीर्घ साधना सम्मान) बाट सम्मान गरिने भएको छ । शाह सहित उक्त सम्मान वरिष्ठ पत्रकार भैरव रिसाल र किशोर नेपाललाई पनि प्रदान गरिने आयोजक संस्था ड्रिम हाई नेपालका निर्देशक कमल जिसीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here