धादिङका दिलमान पाख्रिन आदिवासी जनजाति खुला तर्फबाट केन्द्रीय सदस्यमा विजयी

धादिङ । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत आदिवासी जनजातितर्फ खुला केन्द्रीय सदस्यमा धादिङका दिलमान पाख्रिन विजयी हुनुभएको छ। नेपाली कांग्रेस धादिङका नेता एबं पूर्व कानून न्याय तथा संसदीय मामिला राज्यमन्त्री समेत रहनुभएका पाख्रिन कांग्रेस महाधिवेशनमा जनजातितर्फको खुला केन्द्रीय सदस्यमा विजयी हुनु भएको हो।

८ जना निर्वाचित हुने सो क्लष्टरमा गोरखाका चिनकाजी श्रेष्ठले सर्वाधिक मत पाउनु भएको छ । श्रेष्ठसहित ७ जना सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट विजयी भएका छन् ।

यो क्लष्टरबाट राज्यमन्त्री उमेश श्रेष्ठ (चितवन), बहादुरसिंह लामा (नुवाकोट), दिलमान पाख्रिन (धादिङ), टेकबहादुर गुरुङ (मनाङ), आङगेलु शेर्पा (सोलुखुम्बु), तारामान गुरुङ .संखुवासभा) र टेकप्रसाद गुरुङ (चितवन) केन्द्रीय सदस्यमा विजयी भएका छन् ।
निर्वाचित ८ जना मध्ये टेकप्रसादमात्रै कोइराला प्यानलका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here