रुसद्वारा ट्वीटरलाई १ लाख ३६ हजार डलर जरिवाना

अन्तर्राष्ट्रिय खबर । रुसको अदालतले ट्वीटरलाई १ लाख ३६ हजार १७३ अमेरिकी डलर बराबरको जरिवाना सुनाएको छ। रुसले प्रतिबन्ध लगाएको सामग्री नहटाएको भन्दै मस्को अदालतले बिहीबार सजाय स्वरुप सो रकम बराबरको जरिवाना सुनाएको हो।
अश्लिल सामग्री, लागुऔषध सूचनाको दुरुपयोग र अल्पसंख्यक मानिसलाई आत्महत्या गर्न उक्साएको आदी भन्दै रुसले गत मार्च महिनादेखि ट्वीटरको गति कम बनाएको छ। रुसले यस्ताखाले सामग्रीलाई अवैध ठहर गर्दै ती सामग्रीलाई हटाउन चेतावनी दिएको थियो। रुसले अवैध ठानेका सामग्री हटाउन ट्वीटर असमर्थ भएको भन्दै सो रकम जरिवाना सुनाएको बताइएको छ।
अन्तर्राष्ट्रिय प्रविधि कम्पनीविरुद्ध रुसले सुनाएको सो सजाय सम्भवतः नयाँ भएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ। यद्यपि, ट्वीटरले भने मस्को अदालतले सुनाएको फैसलाबारे कुनै पनि प्रतिक्रिया नदिएको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here