खनियाबास २ झार्लाङ स्थित बि.क. टोलको एक घरमा आगलागी

धादिङ, मंसिर – १८ । खनियाबास गाउँपालिका वडा न. २, साबिक झार्लाङ ४ स्थित बि.क. टोलको सर्की बि. क. को घर मा आगलागी भएको छ । आज बिहान करिब ७ बजेतिर साना बच्चाहरुले आगो टाप्न बालेको आगो सल्केर आगलागी भएको स्थानीय प्रशान्त तामाङले बताए ।

साथै घटना पश्चात् तुरुन्तै स्थानीयहरुको सक्रियतामा आगलागी नियन्त्रण लिएको थियो । जस्ले गर्दा आगलागीले कुनै किसिमको मानवीय क्षेती भने नभएको र केही भौतिक क्षेती भएको तामाङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here