जनजागरण पार्टी धादिङले पाष्टर आचार्यको रिहाईको माग गर्दै विज्ञप्ती जारी

धादिङ । इसाई धर्म गुरु पाष्टर केसब आचार्यको अविलम्ब रिहाईको माग गर्दै आज जनजागरण पार्टी धादिङले सरकारको ध्यानाकर्षण सहित बिज्ञप्ती जारी गरिएको जिल्ला इन्चार्ज गोपाल तामाङले होराईजन खबरलाई बताए ।

बिगत ३ दिन देखि पोखराको प्रहरी हिरासतमा रहेका आचार्यलाई कोभिडको समयमा धर्म प्रचार गरेको भन्ने आरोपमा थुनामा राखिएको र आठ लाख धरौटीमा मात्रै छाड्ने प्रहरीले बताए सगै इसाई धर्मावलम्बी एबं उक्त धर्म सग जोडिएका सघं सस्थाहरुले आज देखि देश ब्यापी रुपमा शान्ति पुर्ण बिरोध प्रदर्सन गरेका छन । जस्स अनुसार धादिङमा पनि इसाई धर्ममा आस्था राख्ने जनजागरण पार्टीले पनि सरकार समक्ष ध्यानाकर्षण सहित विज्ञप्ती जारी गरेको छ ।

साथै पाष्टर आचार्यलाई बिना धरौटी अविलम्ब रिहाई गर्न एबं धार्मिक स्वतन्त्रता कायम गराउन समेत सरकार समक्ष माग गरेका छन ।

o

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here