वैदेशिक रोजगार छोडेर स्वदेश मै नमुना कृषि उद्यमि गर्दै तामाङ दाजुभाइ

धादिङ । नेपाल कृषि प्रधान देश भए पनि उर्जाशिल, दक्ष जनशक्ति भएका  युवाहरु भने विदेशिनेको ठुलै जमात छ, केहि युवाहरू भने विदेशबाट फर्केर आफनै कर्म थलोमा केही गर्छु भनेर विभिन्न किसिमका व्यवसायहरु सुरुवात गरेका धेरै उदाहरणहरु छन, त्यस मध्येको एक उदाहरण हो खनियाबास-१ उङ्गुलका हेरोद तामाङ र शिशिर तामाङहरु द्वारा हाल धादिङ बेसि नजिकै  नीलकण्ठ – १२ , दामगादेमा संचालित ‘दाजुभाइ कृषि तथा पशुपंक्षी फार्म ‘।

लामो समय विदेशिएका यी दाजुभाइ हाल लगभग ९० लाखको हाराहारीमा कृषि तथा पशुपन्क्षी फर्म खोलेर सन्चालन गरिरहेका छन । साथै अझै लगानी बढाएर माछा, बुङ्गुर लगायत अन्य पशुपन्छी थप्ने तयारीमा रहेको तामाङ दाजुभाइ बताउँछन् ।

हालसम्म आफ्नै लागतमा संचालन गरिरहेका उक्त फर्ममा अझै केही लगानी अपुग रहेकोले स्थानीय सरकार, जिल्ला कृषि कार्यालय लगायत अन्य निकायले आर्थिक, प्राबिधिक सहयोग एबं अनुदानहरु सहयोग गरिएमा थप प्रेरणा मिल्ने र जिल्ला कै नमुना कृषि फार्मको रुपमा बिकास गर्ने उक्त फार्मका संचालकहरु बताउन्छन ।

यसर्थ कसैलाई बङ्गुर, माछा, भैसी, बाख्रा, चाहिएमा ,धादिङ निलकण्ठ न.गा. वडा न.१२ स्थित ‘दाजुभाइ कृषि तथा पशुपंक्षी फार्म’ मा सम्पर्क गर्न पनि अनुरोध गर्नु हुन्छ ।
(सम्पर्क न . ९८४०३४५३४२)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here