आदिवासी जनजाती महिला तर्फबाट शान्ता कु. तामाङ महाधिवेशन प्रतिनिधिमा सर्वाधिक भोतका साथ बिजयी

    
 

धादिङ । नेपाली कांग्रेसको युवा नेत्री समाजसेवी तथा नायिका शान्ता तामाङ नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन प्रतिनिधि(आदिवासी जनजाति महिला) तर्फबाट सर्वाधिक भोट ल्याएर निर्वाचित भएकी छिन ।

नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेकी उनि निडर तथा स्पष्ट बक्ताको रुपमा परिचित छिन।
सुन्दर तन संगै पबित्र आत्मा भएकी समाजसेवी शान्ता कुमारी तामाङ सानै देखि मिलनसार, झुट नबोल्ने र सहयोगी भावाना भएकी उनि युवा पर्यटन ब्यबसायी पनि हुन्। आफ्नो ब्यापार ब्यबसाय संग संगै उनले समाजसेवामा पनि उत्तिकै समय निकालेर अनाथ अपाङ्ग बाल बालिकाहरु र बृद्ध वृद्धा हरुको सेवामा जुटी रहेकी छिन।

उनि भन्छिन आफुले गरेको सहयोग सदभाव र जनप्रतिनिधिहरुको माया स्नेहका कारण आफुले सर्वाधिक भोट ल्याएको बताउछिन् ,अबका दिनहरुमा झन थप जिम्मेवारीका साथ आफुले पार्टीलाई दृढका साथ बलियो बनाउने उनको भनाइ रहेको बाताउछिन,

मिसेस नेपाल आइकन २०१५ कि फर्स्ट रनर अप समाजसेवी शान्ता तामाङ संयुक्त अपांग एकता आवाज केन्द्र संस्थाकि गुड विल एम्बासडर तथा सल्लाहकार समेत रहेकी छिन।