काङ्ग्रेस धादिङ क्षेत्र नं. २ ‘क’ मा होम ब. गुरुङ र ‘ख’ मा रण बहादुर तामाङ विजयी

धादिङ । नेपाली कांग्रेस १४ औ महाधिवेशन अन्तर्गत धादिङको क्षेत्रीय अधिवेशनमा मङ्गलबार भएको प्रतिनिधि सभा क्षेत्र नं. २ का दुवै प्रदेश सभापतिहरुको मत परिणाम आइसकेको छ । जस अनुसार प्रदेश २ क मा रामनाथ प्यानलका होम बहादुर गुरुङ निर्वाचित हुनुभएको छ भने २ ख मा भिम प्रसाद ढुङ्गाना प्यानलका रण बहादुर तामाङ विजयी हुनुभएको छ । यस्तै अन्य पदाधिकारी र महाधिवेशन प्रतिनिधिहरुको मत परिणाम सार्वजनिक हुने क्रम जारी रहेको नेपाली कांग्रेस निर्वाचन समितिले जानकारी दिएको छ ।

भिम प्रसाद ढुंगाना समूहले क्षेत्र नम्बर १ को सभापतिमा रवि सुधन थापा, क्षेत्र नम्बर २ को सभापतिमा दिपक कोइरालालाई प्यानल सहित अगाडि सारेको छ भने सेही समूहको प्रदेशसभा क्षेत्रीय सभापतिहरुमा क्षेत्र नं। २ क मा ऋषिकुमार श्रेष्ठ र २ ख मा रणबहादुर तामाङ सहितको प्यानल उम्मेद्वारी दर्ता गराएको थियो ।

यता अधिकारी समूहले संघीय निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा कुमार बहादुर सिंखडा, क्षेत्र नम्बर २ को सभापतिमा राकेश धमला, प्रदेश क्षेत्र नं। २ क सभापतिमा होम बहादुर गुरुङ र २ ख सभापतिमा हरि तामाङ सहित प्यानल नै उम्मेदवारी दर्ता गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here