धादिङबाट बागमती प्रदेश सह-सचिवमा जुनु घलान र सदस्यमा सन्दिप तामाङ चयन

काठमाडौ । तामाङ पत्रकार संघ बागमती प्रदेशको प्रथम अधिबेशनमा धादिङ बात सह-सचिवमा जुनु घलान (तामाङ ) र सदस्यमा सन्दिप (स्याम्चेन) तामाङ सर्वसहमतिले चयन भएका छन ।

काठमाडौको बौद्धमा रहेको तामाङ कल्याण गुठी, तामाङ भवनमा आज भैरहेको अधिबेशनमा अध्यक्ष , सचीव र कोषाध्यक्षमा सहमति नमिले पछि आजै गर्ने गरि चुनावको तयारी भैरहेको तामाङ पत्रकार संघ धादिङका अध्यक्ष सुर्य तामाङले बताए ।

उक्त समारोहको सभापतिमा तामाङ पत्रकार संघ बागमती प्रदेशका संयोजक डोल्मा मनाङथेन एबं प्रमुख अतिथिमा बागमती प्रदेश उप- सभामुख राधिका तामाङ , विशेष अतिथिमा केन्द्रिय अध्यक्ष, बिष्णु तामाङ , भाषा बिध अमृत तामाङ लगायत अन्य अतिथिहरु आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here