धादिङमा नेपाल बन्दको प्रभाव कस्तो छ त ?

धादिङ । पेट्रोलियम पदार्थको मुल्य बृद्धिको विरुद्धमा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव धादिङमा पनि परेको छ । धादिङबेसीमा बन्द कर्ताहरु नदेखिएपनि पसलहरु बन्द छन्, धादिङबेसीबाट चल्ने सार्वजनिक यातायातका साधन चलेका छैनन् भने नीलकण्ठ मा.वि. बाहेकका अन्य शैक्षिक संस्थाहरु बन्द छन् ।
नेकपाले मूल्यवृद्धिविरुद्ध नेपाल बन्दलगायत आन्दोलनमा होमिन र मूल्यवृद्धि फिर्ता नभएसम्म सङ्घर्ष जारी राख्न आह्वान गरेको छ ।

सरकारले एक महिनाभित्रै पेट्रोलियम पदार्थमा ९ पटक र एलपी ग्याँसमा ४ पटकसम्म मूल्यवृद्धि गरेर उपभोक्ताको ढाड सेकेको छ । सरकारी निर्णयले आमनागरिक आक्रोशित बनेका छन् । नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा लगायत संसदीय दलका नेतृत्व र समर्थनमा शेरबहादुर देउवा नेतृत्वमा बनेको ‘काङ्ग्रेस’ सरकारले जनता उठ्नै नसक्ने गरी सबै क्षेत्रमा मूल्यवृद्धि गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको नेकपाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here