नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आजबाट बस्दै

कार्तिक – २७ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आजबाट बस्दैछ। शनिबार बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा शुक्रबार बसेको स्थायी कमिटीको बैठकले तय गरेको उपमहासचिव तथा प्रमुख प्रचार विभाग जगन्नाथ खतिवडाले जानकारी दिए। 

कमिटीको बैठकले तय गरेको उपमहासचिव तथा प्रमुख प्रचार विभाग जगन्नाथ खतिवडाले जानकारी दिए। 
उनका अनुसार दुई दिनसम्म चल्ने बैठकमा विभिन्न दल र शक्तिहरुसँग भएको वार्ताबारे महासचिव डा. वेदुराम भुषालले प्रस्तुत गर्नुभएको रिपोर्ट बारेको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा छलफल हुनेछ।

बैठकमा सरकारमा पार्टीबाट सहभागी मन्त्रीका तर्फबाट विरोध खतिवडाले आचार संहिता र कार्ययोजना प्रस्तुत गर्ने, केन्द्रीय निकाय र विभागको पदपूर्ति, समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको छ।  बैठकबाट पार्टीको स्पष्ट दृष्टिकोण सार्वजनिक गर्ने तयारीसमेत भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here