‘काठमाडौं तामाङ मिडिया अवार्ड’ बाट तीन पत्रकार सम्मानित

कार्तिक – २७ । काठमाडौं तामाङ मिडिया अवार्ड’ तीन पत्रकारले पाएका छन् । बुधबार कान्तिपुर दैनिककी सुशीला तामाङ, रेडियो मिरमिरेका विष्णु दोङ तामाङ र ताम्सालिङ खबर डटकमका दिलबहादुर लामाले अवार्ड पाएका हुन् ।

पत्रकारितामार्फत तामाङ भाषा, संस्कृति, इतिहास र मुद्दालाई उजागर गरेर तामाङ समुदायमा योगदान पुर्याएकाले संघको तेस्रो जिल्ला अधिवेशनमा अवार्ड वितरण गरिएको तामाङ पत्रकार संघ काठमाडौंका अध्यक्ष युनिकरक्षे घ्लानले बताए ।
सोही अवसरमा संघका पूर्व केन्द्रीय अध्यक्षहरू रवीन्द्र ग्याबक, रूद्रसिं तामाङ, दीपेन्द्र लामा, जगतमान दोङ तामाङ र वर्तमान अध्यक्ष विष्णु मोक्तान तामाङ पनि सम्मानित भएका छन्  ।

ग्याबक नेतृत्वमा २०६० मा तामाङ सञ्चार समूह स्थापना भएको थियो । समूहको पाँचौँ महाधिवेशनपछि भने समूह तामाङ पत्रकार संघको रूपमा स्थापित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here